
आबुधाबी – संयुक्त अरब इमिरेट्स (यूएई)को अल ऐन शहरमा रहेका नेपालीहरुले गत शुक्रबार वनभोज आयोजना गरी अंग्रेजी नयाँ वर्ष मनाएका छन् ।
अल ऐनको मुवाजारा पार्कमा ठुलो संख्यामा भेला भएका नेपालीले रमाईलो गरेर नयाँ वर्षको स्वागत गरेका थिए ।
प्रवासी नेपाली संघ यूएईको अल ऐन क्षेत्रीय समितिको आयोजनामा सम्पन्न उक्त वनभोज कार्यक्रममा अल ऐन वासी नेपाली बाहेक संघका केन्द्रीय, क्षेत्रीय, युवा तथा महिला बिभागका पदाधिकारी तथा सदस्यहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागि थिए ।
कार्यक्रममा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै आयोजक समितिका अध्यक्ष लक्ष्मण अधिकारीले यस्ता जमघटले एक आपसमा दु:ख सुख साट्ने र आफुलाई परेको समस्याको बारेमा छलफल गर्दै सजिलै सूचना आदानप्रदान गर्न मद्दत पुग्ने भएकाले आफूहरुले यसलाई एउटा माध्यमको रुपमा अघि सारेको बताएका थिए |
तस्बिर सौजन्य : उत्तम अधिकारी