
गोरखा, ९ माघ–गोरखा जन्मभूमि भएर खाडी मुलुक युएईको दुबईमा कार्यरत गोरखालीको संस्था गोरखा सेवा समाजले बहिरा विद्यार्थीहरुलाई कपडा सहयोग गरेको छ । गोरखा नगरपालिका–८ स्थित मनकामना बहिरा माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि एक लाख मूल्य बराबरको ४० थान ब्लाङ्केट प्रदान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मी र विद्यालयका प्रधानाध्यापक अनिल अङ्गाईले सेवाभावको प्रशंसा गरे ।
यस्तै गोरखा जिल्लाका प्रहरी नायब उपरीक्षक रमेश थापाले विदेशमा रहेर आफ्नो जिल्लाका असहाय बालबालिकाका लागि सहयोग गर्नु राम्रो काम भएको प्रतिकृया दिए ।