
नयाँ दिल्ली, २३ माघ – भारतीय प्रहरीले आम आदमी पार्टी आपका एक नेतालाई बलात्कारको आरोपमा पक्राउ गरेको छ । उनले एक महिलालाई जागिर लगाइदिने भन्दै बलात्कार गरको दिल्ली प्रहरीले जनाएको छ ।
आपका नेता रमन स्वामीलाई आउँदो ८ तारिखमा अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
दक्षिण दिल्लीको ऋषिकेशनगरमा स्वामीले ती महिलालाई बलात्कार गरेका थिए । आम आदमी पार्टी भारतमा केही हालै मात्रै निर्वाचन मार्फत नयाँ शक्तिको रुपमा उदाएको थियो । भारतको दिल्ली सरकारमा आपकै नेता अरविन्द्र केजरीवाल मुख्यमन्त्री छन् ।