
माघ – विवाहको पहिलो दिन दुलाहा दुलही के गर्छन ? सबैलाई थाहा छ, नव जोडी नयाँ जीवनको सपना बुन्दै रंगिन सपनामा हराउँछ ।
तर भारतमा भने नव विवाहित जोडीले विवाहको पहिलो दिन नै अचम्म गरकोे छ । उनीहरु विवाहको पहिलो दिन अरु जोडी जस्तो रंगिन दुनियाँमा हराएनन् ।
उनीहरु त सत्याग्रहका लागि सडकमा पो निस्किए ।
उनीहरुको आन्दोलनले ताडिघाट – बारा राष्ट्रिय राजमार्ग नै अवरुद्ध हुन पुग्यो ।
खराब सडकका कारण आफ्नी श्रीमती पूजाको सुन्दरतामा असर गरेको भन्दै पहिले श्रीमान शिवानन्दले अनसन थाले त्यसपछि उनलाई श्रीमतीले पनि साथ दिइन् ।
सडकमा धुलो उडेकाले श्रीमतीको सुन्दरता बिग्रिएको भन्दै उनले हड्ताल नै गरे ।
जन्तीमा आद आदमी पार्टीका जिल्ला संयोजक पनि सामेल थिए । उनले एक घण्टासम्म उक्त जोडी सडकमै बसेको बताए ।
दुई दशक अघि बनेको सडकको अवस्था अझै नसुध्रिएको भन्दै उनीहरु अनसनमा बसेका हुन् ।