
काठमाण्डु, २४ माघ – समुद्री बाटो हुँदै अष्ट्रेलिया छिर्न खोज्ने ६ जना नेपाली पक्राउ पछि नेपाल फिर्ता भएका छन् ।
अवैध बाटोहुँदै अष्ट्रेलिया पुगेर शरणार्थी बन्न खोज्ने उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा २१ जना इरानी, ६ जना नेपाली, ५ जना बंगलादेशी र २ जना पाकिस्तानी गरि ३४ जना थिए । यसमा दुई जना १८ महिनाका बच्चा पनि थिए ।