
नयाँ दिल्ली ३ फागुन-दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालले राजीनामा दिएपछि उपराज्यपाल नजीब जंगले दिल्लीमा राष्टपति शासन लगाउन केन्द्र सरकारलाई सिफारिस गरेका छन । लोकपाल बिधेयक पारित नभएको बिरोधमा केजरीवालले शुक्रबार पदबाट राजीनामा दिएका थिए ।
उपराज्य पालले बिधान सभा भंगरी नयाँ शिराबाट निर्वाचन गराउन पनि अपिल गरेका छन । बिधानसभामा सबै भन्दा ठूलो दल भारतीय जनता पार्टीले यस अघि नै सरकार बनाउन अस्वीकार गरेको थियो । उपराज्य पालले आफनो सिफारिसमा केजरीवालको राजीनामा पनि सँगै पेश गरेका छन । केन्द्र शासित दिल्लीका मुख्य मन्त्रीको राजीनामा राष्टपतिले नै स्वीकृत गर्नु पर्नेछ ।
भारतीय संसदको तल्लो सदन लोकसभामा सांसदहरुबीच हात हालाहाल र खुर्सानीको धुलो हान्ने सम्मका निकृष्ट कार्य भएका छन्। लोकसभाको अधिवेसन चालु रहेको बेला नयाँ प्रदेशको स्थापनाबारे विधेयक प्रस्तुत हुँदा उक्त घटना भएको हो।
सत्तरुढ कांग्रेस गठबन्धनले संसदमा नयाँ प्रदेश स्थापनाको प्रस्ताव पेश गरेका थिए। दक्षिणी भागको आन्ध्र प्रदेशको एक भाग काटेर तेलङगना नामको नयाँ प्रदेश स्थापना गर्ने प्रस्ताव आन्तरिक मन्त्री सुशील कुमार सिन्धेले प्रस्तुत गरेका थिए ।
सिन्धेले उठेर नयाँ प्रदेशको स्थापनाको कारण खुलाउँदा विपक्षी सांसदले उठेर माइक तोडफोड गर्नुका साथै कुटाकुट सुरु भएको थियो। केही सांसदले खुर्सानीको धुलो सभाभवनमा फ्याँक्दा केही सांसदको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ। संसद भवनको झडपपछि एम्बुलेन्सद्वारा घाइते सांसदलाई अस्पताल लगिएको थियो।