
तिब्बती पात्रोअनुसार नयाँवर्षको पूर्वसन्ध्यामा ल्हासाको दोस्रो चक्रपथमा विशेषत: तिब्बती पशुपालकका लागि चौंरी गाईको मासु पसलहरु सजाइएका छन्। सडक आसपासका मासु पसलमा चौंरी गाईको मासुका परिकारहरु राखिएका हुन्छन्। पूरै सडकमा मानिसको घुइंचो देखिन्छ।
गएको हिउँद ऋतु जस्तै चौंरी गाईको मासु बिक्री गर्ने एउटा उपयुक्त स्टल खोज्नका लागि ताङ्ग स्योङ्ग, र चन, आली, शिगाचे र नाछ्यु आदि ठाउँका थुप्रै पशुपालकहरूले छिटै नै ल्हासा पुगेका छन्। हालसम्म ती सडकमा चौंरी गाईको मासु बिक्री गरिने स्टलको सङख्या दुई सयभन्दा बढी पुगेको छ। पशुपालकहरूद्बारा ल्याइएका ताजा मासुको तौल पनि सयौं टनभन्दा बढी पुगेको छ।
युग विकसित भइरहेको सिलसिलामा चौंरी गाईको मासुलाई पठार भूमिबाट निस्केर मातृभूमि अझ विशेषगरी समस्त विश्वतर्फ पुर्याउन थालिएको छ। CRI