
दोहा, ११ फागुन– चितवन युवा समूहले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अभिनन्दन गरेको छ ।
पार्टी सम्वद्ध नेपाली जनप्रगतिशील मञ्च कतारको तेश्रो महाधिवेशन उदघाटनका शिलशिलामा कतार पुगेका उनलाई समूहले अभिनन्दन गरेको हो ।
समूहका पूर्वअध्यक्ष रामहरि गैरेले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री प्रचण्ड चितवन निवासी भएकाले उनलाई अभिनन्दन गरिएको बताए । चितवन युवा समूहका संस्थापक अध्यक्ष सागर नेपाल सहित समूहका अन्य सदस्यहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रचण्डले विदेशमा रहेका नेपालीलाई दलगत आस्थामा विभाजित नहुन सुझाव दिए ।