कसरी आए ज्ञानेन्द्रका प्रिय पात्र प्रधानसेनापतिको लाइनमा ?

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते ३:२० मा प्रकाशित

ganendraकाठमाण्डु, २४ मंसिर– २०५८ साल जेठ १९ शुक्रबारको कालो रात राजा वीरेन्द्रको वंशनाश हुँदा रोक्न नसकेको नाममा सुन्दरप्रताप राणाहरु बर्खास्त भएको र त्यसपछि विजयविक्रम खड्का रतिन्द्र खत्रीहरुको वृत्ति विकास रोकिएको लोकतन्त्र हो यो जहाँ मत्स्यन्याय दिनहुँ देख्न पाइन्छ ।

त्यहीबेला अधिराजकुमार निराजन पनि मारिएका थिए तर घटनास्थलमा उपस्थित उनका अंगरक्षक मधुकर कार्कीलाई ज्ञानेन्द्रले काखी च्यापे र आफूसँग राखेर तालिमका निम्ति बेलायतसमेत पठाए ।
उनले राजु केसी र गजेन्द्र बोहराको नियति भोग्नुपरेन । सुन्दा अनौठो लाग्ला, अबको १० वर्षपछि उनी सेनापति बन्दैछन् ।

२७ र २८ बेसिकका पदमसिंह ठकुरी, चोक ढकाल, आनन्द, भाट, सुनील श्रेष्ठ, कुमारबाबु थापा, मदनकुमार केसीसँगै ३ ब्याचपछि तीस बेसिकका मधुकरलाई भर्खर महासेनानीमा बढुवा दिइएको छ ।

फास्ट ट्रयाकको मनपरी सायद यस्तै हुँदो हो । न तालिम, न सिपाहीसँग भिजेको र लडाइँमा भिडेको अनुभव । अर्को महिना माघ ८ र १८ गते हालका सेकेण्ड म्यान पवन पाण्डे र भिक्टर राणा घर गएसँगै सात महिनापछि राजेन्द्र क्षेत्रीलाई नयाँ प्रधानसेनापति बन्ने बाटो खुल्नेछ भने गत साताको बढुवाले मधुकरलाई समेत १० वर्षपछि सेनापति बन्ने अवसर जुराउँदै छ ।

विराटनगर घर भएका पूर्वचिफ इन्जिनियर पुत्र मधुकर युवा छन् र भलादमीका रुपमा समेत चिनिन्छन् ।
जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us