
काठमाण्डु, २४ मंसिर– प्राय: सबैजसो शक्ति केन्द्रलाई आर्थिक प्रलोभनमा पारेर दुई ठूला बैंकमा बेवारिसे स्थितिमा रहेको करिब चार अर्ब रुपैयाँ वैधानिक बनाएर हत्याउने खेल सुरु भएको छ ।
त्यसका निम्ति नयाँ कम्पनी खोलेर रकम दाबी गर्ने तयारी भइरहेको छ । आर्थिक उन्नतिमा चमत्कार गरेका अजय सुमार्गीले विदेशबाट आएको बेबारिसे ४ अर्ब रुपैयाँ हात पार्न
केही महिनाअघि नबिल बैंकमा सवा तीन अर्बभन्दा बढी र नेपाल इन्भेस्टमेन्ट बैंकमा पौने १ अर्ब रुपैयाँ कुनै टापु मुलुकबाट जम्मा हुन आएको थियो ।
तर, त्यति ठूलो रकम जुन मुलुकबाट नेपालको एउटा कम्पनीको नाममा भित्रियो, ती दुवै बैंकले खोजी गर्दा सो नामको कम्पनी नै नेपालमा दर्ता भएको भेटिएन । त्यसपछि ती दुवै बैंकले उक्त बेबारिसे रकमका बारेमा नेपाल राष्ट्रबैंकलाई ती बैंकले राष्ट्र बैंकलाई जानकारी गराएका थिए ।
राष्ट्रबैंकले आन्तरिक रुपमा त्यो रकम कुन विदेशी मुलुकको कुन कम्पनीबाट कुन श्रोतमार्फत नेपालमा कुन प्रयोजनका लागि आएको, सो बारे खोजेको थियो ।
राष्ट्र बैंकले स्रोत नखुलेको र बिना दर्तावाल कम्पनीको नाममा आएको रकम जफत गर्ने प्रक्रिया थालेकै बेला व्यापारी अजय सुमार्गीले उक्त रकम आफ्नो भएको दाबी गरेका थिए ।
सम्बन्धित बैंकहरुले कुन स्रोतबाट कुन प्रयोजनका लागि आएको हो ? सोबारे खुलाउन भनेपछि सुमार्गीले स्रोत खुलाउन सकेनन् । उक्त रकम बैंकमा त्यतिकै थन्किएर रहेको छ ।
केही समय चुप बसेपछि अहिले एउटा नयाँ कम्पनी स्थापना गरेर उक्त रकम त्यही कम्पनीको नाममा आएको देखाउने तयारी भइरहेको छ ।
पुरानो मितिमा सोही नामको कम्पनी दर्ता नहुने भएपछि त्यसका लागि उद्योगमन्त्री महेश बस्नेतलाई उपयोग गर्न थालिएको छ । सुमार्गीको यो अभियानमा उद्योगमन्त्री बस्नेतले राम्रै सहयोग र समर्थन गरेको हुँदा त्यो काम चाँडै नै सल्टिने सम्भावना रहेको बताइन्छ ।
बुधबार साप्ताहिकबाट