
बागलुङ, २६ मंसिर– बागलुङ जिल्लाको बोवाङको एउटै वाडाबाट दझन्डै सात करोड रुपैयाँको आलु उत्पादन भएको छ । तर आलु खेतीलाई मुख्य खेतीका रुपमा लगाइने बोवाङ–९ ढोरपाटनमा त्यति आलु उत्पादन भए पनि ढुवानी समस्याले सस्तोमा आलु बेच्नु पर्ने समस्या रहेको किसान बताउँछन् ।
भौगोलिक विकटता र पहाडी क्षेत्र भएकाले ढोरपाटन क्षेत्रका प्राय: सबै किसानले आलु खेती मात्र गर्ने गरेका छन् । मौसम अनुकूल भएका कारण यस वर्ष आलु उत्पादन बढे पनि ढुवानी समस्याले सस्तोमा आलु बिक्री गर्नु परेको स्थानीय रामबहादुर घर्तीले बताए ।
घर्तीका अनुसार ढोरपाटन क्षेत्रमा गतवर्षभन्दा यस वर्ष २० प्रतिशत भन्दा बढी आलु उत्पादन भएको छ । ढोरपाटन क्षेत्रमा करिब तीन सयभन्दा बढी परिवारले व्यावसायिक रुपमा आलु खेती गर्ने गरेको घर्तीले बताए ।
गेरखापत्र दैनिकबाट