
झापा, २७ मंसिर– घरेलु कामदारका रुपमा राखिएकी नाबालिकालाई तीन वर्षदेखि बाबुछोराले पालैपालो बलात्कार गर्दै आएको खुलेको छ ।
झापाको शरणामति–८ मदरगाछ घर भई सदरमुकाम चन्द्रगढीमा बस्दै आएकी १४ वर्षीया बालिका तीन वर्षदेखि बलात्कारको शिकार भएको खुलेको हो ।
बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले भद्रपुर–१० का ७० वर्षीय भेषराज पोखरेललाई पक्राउ गरेको हो । घटनामा संलग्न उनका छोरा ४२ वर्षीय खेमराज पोखरेल भने फरार छन् ।
सदरमुकामस्थित वीरेन्द्र उच्च माविमा कक्षा–६ मा अध्ययनरत ती बालिका तीन वर्षदेखि पोखरेलको घरमा बसेही थिइन् ।
आर्थिक रुपले विपन्न आमाबाबुले पढाउन नस्क्ने भएपछि नातेदारसमेत रहेका पोखरेलले घरको काम सघाउने र पढाइदिने सर्तमा बालिका जिम्मा लिएका थिए ।
सदरमुकामबाट ६० किलोमिटर टाढाको गाउँमा बालिकाका बाबुआमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्छन् ।
पढ्ने वर्षदेखि आफूलाई यातना दिनुका साथै पोखरेल बाबुछोरालाई यौनदुराचार गर्दर्ै आएको ती बालिकाले प्रहरीसमक्षा बयान दिएकी छन् ।
बलात्कारपछि अत्याधिक रतm?ाव हुँदा ती बालिका पटकपटक विद्यालयमै बेहोस हुँदै आएकी थिइन् ।
‘उनी पटकपटक बहोस हुँदै आएपछि सोधखोज पनि भएको थियो’, विद्यालयका प्रधानाध्यापक टंक पाण्डेले भने, ‘पीडा खप्न नसक्ने भएर साथीहरुसँग मुख खोलेपछि घटना बाहिर आयो ।’
बिहीबार धेरै पीडा भएपछि कक्षा कोठामै ती बालिका भक्कानिएको प्रअ पाण्डेले बताए ।
‘उनको कारुणिक अवस्था सुनेर नरुने विद्यार्थी कोही भएनन्’, पाण्डेले भने, ‘ म आफैं राति नौ बजे प्रहरी कार्यालय पुगेर अभियुक्तलाई पक्राउ गर्न सघाएँ ।’
बालिकाका अनुसार पोखरेल बाबुछोराले घटना कर्हीकतै सार्वजनिक गरेर मारेर फ्याँकीदिने धम्धी दिँदै आएका थिए ।
नयाँ पत्रिकाबाट