
काठमाण्डु, २७ मंसिर– संविधानमा नेपाल हिन्दू राष्ट्र या धर्मनिरपेक्ष उल्लेख गर्ने आन्तरिक विवाद चलिरहेकै बेला नेपालस्थित बेलायती राजदूत एन्डी स्पाक्र्सले खुलेरै संविधानमा धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न सभासद्हरुलाई आग्रह गरेका छन् ।
डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सभासदहरुलाई लेखिएको खुलापत्रमा राजदूत स्पाक्र्सले यस्तो अभिमत जाहेर गरेका हुन् । हामी धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न तपाईंहरुलाई प्रोत्साहित गर्दछौं’ उनले भने ।
युरोपेली संघले गोप्य रपमा सरकार तथा विभिन्न राजनीतिक तहमा माग राखे पनि खुला रपमा कुनै कूटनीतिक नियोग प्रमुखबाट यस्तो गरिएको यो पहिलो अवसर हो ।
राजदूत स्पाक्र्सको खुलापत्र सञ्चारमाध्यमबाट सार्वजनिक हुँदा नेपाली कांग्रेसको एउटा हिस्सा र राप्रपा नेपाल मुलुकलाई पुन: हिन्दू राष्ट्र घोषणा गर्न आन्दोलनरत छन् ।
स्पाक्र्सको सार्वजनिक अभिव्यक्तिले आठ वर्षअघि नेपाल धर्मनिरपेक्ष हुनुमा र त्यसपछि तीव्र गतिमा भइरहेको धर्म परिवर्तनमा पश्चिमी मुलुकका कूटनीतिक नियोग, आईएनजीओ र चर्चहरु जिम्मेवार रहेको मान्ने समूहलाई निकै हदसम्म वैधानिकता प्राप्त हुनेछ ।
द्वन्द्वपछिको नेपालले हासिल गरेका प्रगति महत्वपूर्ण छन ्। संयुक्त अधिराज्य नेपालको सबभन्दा ठूलो द्विपक्षीय सहयोगी र दाता हो, हाम्रा जनताको एकअर्काप्रति विशेष सम्बन्ध छ’, स्पाक्र्स भन्छन् ।
अन्नपूर्ण पोष्टबाट