प्रधानमन्त्रीले नै भने, ‘धर्मनिरपेक्ष भएको मलाई पत्तै भएन’

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते २:२८ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर – प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा धर्मनिरपेक्षता कामय भएको विषयमा आफूलाई पत्तै नभएको बताएका छन् । उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत धर्मनिरपेक्षताको विषयमा विस्तृत जानकारी नभएको दाबी गरेका छन् ।

sushil

राप्रपा नेपालका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डल नेपाललाई धर्मनिरपेक्ष होइन, हिन्दू राष्ट्र कायम गर्न माग गर्दै आइतबार बालुवाटार पुगेको थियो । प्रतिनिधि मण्डलका सदस्य राप्रपा नेपालका नेता मोहन श्रेष्ठका अनुसार प्रधानमन्त्रीले भने, ‘हामी धामिर्क स्वतन्त्रताका पक्षपाति थियौं र छौं, गिरिजाबाबुको कुरा पनि त्यही थियो । धामिर्क स्वतन्त्रताको पक्षमा हामी थियौं । धर्मनिरपेक्षताले कसरी प्रवेश पायो, हामीले पनि बुझ्न सकेनौं ।’

प्रधानमन्त्री कोइरालाले धर्म परिवर्तनका पक्षमा बेलायती राजदूत एन्डी स्पाक्र्सले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारले उनीसँग स्पष्टीकरण लिने जानकारी दिए । श्रेष्ठका अनुसार प्रधानमन्त्रीको भनाइ थियो, ‘मुलुकलाई धामिर्क, जातीय, साम्प्रदायिक द्वन्द्वमा पारेर अफगानिस्तान बनाउनबाट हामी सबैले रोक्नुपर्छ । सरकार यसमा प्रतिवद्द छ ।’

प्रधानमन्त्री कोइरालाले २९ पुसमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शाहको सम्झनामा पृथ्वीजयन्ती मनाउन र सार्वजनिक बिदा दिन सरकारलाई कुनै अप्ठेरो नभएको बताए ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us