नेपालमा किन यति धेरैले गर्दछन् आत्महत्या ?

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते २:२४ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर– विश्वमा धेरै आत्महत्या हुने देशमध्ये नेपाल आठौं स्थानमा परेको छ । नेपालमा औसत दैनिक १३ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।

जनसंख्याको अनुपातमा सबैभन्दा धेरै आत्महत्याका घटना गुयनामा भएको विश्वस्वास्थ्य संगठनले जनाएको छ । त्यसपछि उत्तर कोरिया, दक्षिण कोरिया, श्रीलंका, निथुआनिया, सुरिना, मोजाम्बिक, नेपाल र तान्जानिया छन् ।

नेपालमा आत्महत्याका घटना बढ्दै गएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीको तथ्यांकअनुसार पाँच वर्षयता आत्महत्याका घटना ५० प्रतिशतले वृद्धि भएका छन् । आव ०६६/ ६७ मा तीन हजार तीन सय नौ जनाले आत्महत्या गरेका थिए । ०७०/ ७१ मा चार हजार पाँच सय चार जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । ०६१/६२ देखि ०७०/७१ सम्म २९ हजार नौ सय पाँच जवनाले आत्महत्या गरेको प्रहरी डिएसपी पवन गिरीले जानकारी दिए ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us