
अर्घखाँची, २९ मंसिर– एउटा साढे चार वर्षको बालकको तौल कति किलो होला ? तपाईं हामी भन्छौं १२, १५ बढी भएमा २० किलो । तर, अर्घखाँचीमा तपार्इं हाम्रो अनुमान नमिल्दो हुने भएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका–५ वांला मौलापोखरीमा चार वर्ष आठ महिनाका बालकको तौल ४० केजी छ ।
आशीषको जन्मदाको तौल कति थियो भन्ने थाहा नभएको उनका बुबा गोकुलले बताए । घरमै सामान्य अवस्थामा प्रसूति भएकाले अन्दाजी तीन सवा तीन किलोको हुनसक्ने अनुमान गर्दछन् उनी । ‘जन्मदा धेरै तौल थिएन’, उनले भने, ‘पछि–पछि धेरै मोटो हुँदै गए ।’
तौल ४० किलो भए पनि उनी अस्वस्थ भने छैनन् ।
गोरखापत्र दैनिकबाट