यस्तो छ विप्लवको ‘हेडक्वाटर’ !

काठमाण्डु टुडे २०७१ पुष १ गते २:४० मा प्रकाशित

काठमाण्डु, १ पुस– मोहन वैद्य किरण नेतृत्वको नेकपा–माओवादीसँग सम्बन्धविच्छेद गरेर आफ्नै नेतृत्वमा नेकपा माओवादी गठन गरेका युवा नेता नेत्रविक्रम चन्द विप्लवले ‘हेडक्वाटर’मा भने पुराना नेतालाई राखेका छन् ।

biplav

चितवन बैठकपछि बनेको सात सदस्यीय ‘हेडक्वाटर’मा परेका नेताहरु राष्ट्रिय राजनीतिमा भने त्यति परिचित छैनन् ।

एकीकृत क्रान्तिको सिद्धान्तको जगमा भूमिगत संघर्षको योजना निर्माण र कार्यान्वयनमा सहयोग गर्न ‘हेडक्वाटर’ बनाइएको हो । विप्लवले अहिले तिनै ‘हेडक्वाटर’का सदस्यहरुलाई लिएर देशभर संगठन निर्माणमा लागेका छन् ।

आफ्नो नेतृत्वमा ६५ सदस्यीय प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति बनाएका विप्लवले आगामी पुसको अन्तिम साता हुने सम्मेलनमार्फत चुस्त नेतृत्व तयार पार्ने योजना बनाएका छन् ।

विप्लवको ७ सदस्यीय ‘हेडक्वाटर’मा नेत्रविक्रम चन्द विप्लव, खड्कबहादुर विश्वकर्मा प्रकाण्ड, धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगर, ईश्वरी दाहाल, चित्रबहादुर आले, ठाकुरप्रसाद चापागाईं आपेकान्छा रहेका छन् ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us