
भारत, १ पुस– सासू–ससुराले नै देह व्यापारमा संलग्न हुन गरेको दबाबलाई विरोध गरेपछि एक महिलाले आफू घरबाट निकालिएको दाबी गरेकी छन् । कोलकत्तामा भएको सो घटनाको विषयमा महिलाले गरेको दाबीलाई प्रहरीले अनुसन्धान गरेको छ ।
तीन सन्तानकी आमा ३० वर्षीया ती महिलालाई सहरमा अवस्थित यौनकर्मीको एउटा संगठनले उद्दार गरेको छ । आफूले छोरी जन्माउन नसकेको भन्दै ती सासू–ससुराले नातिनीहरुलाई देह व्यापारमा संलग्न गराउन चाहेको समेत दाबी गरेकी छन् ।
कोलकाताको सोनागाक्षी जिल्ला एसियाकै ठूलो रेडलाइट एरियामध्ये एक हो । यस क्षेत्रमा उत्तर र मध्य भारतका १० हजारभन्दा बढी यौनकर्मीले आफ्नो पेसा बनाएका छन् ।
महिलाको गुनासोपछि प्रहरी पीडितको घरमा पुगेको तर कसैलाई पनि फेला नपारेको जनाइएको छ । आफूलाई विवाह गरिएको घरमा देहव्यापार गर्नु परिवारका लागि एउटा संस्कार भएको ती महिलाले गुनासो गरेकी छन् ।
मैले छोरीलाई जन्माएको भए उनीहरु देश व्यापारी हुने सासू–ससुराले बारम्बार भन्ने गर्थे । ‘जब मैले तीन वटा छोराको जन्म दिएँ, उनीहरुले यी सन्तान परिवारका लागि उपयोगी नभएको बताए र दैनिक जीविकोपार्जनका लागि यौनकर्मीका रुपमा काम गर्न कर गरे’, ती महिलाको भनाइलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
राजधानी दैनिकबाट