केरुङ जान दैनिक १० जनाको कोटा

काठमाण्डु टुडे २०७१ पुष १ गते २:४० मा प्रकाशित

रसुवा, १ पुस– चीनले रसुवागढीमा अध्यागमन कार्यालय स्थापना गरेपछि आफ्नो भूभाग प्रवेश गर्न नेपालीका लागि दैनिक १० जनाको कोटा तोकेको छ ।

आफ्नो नाका पूर्ण व्यवस्थित नभइसकेको जनाउँदै दैनिक १० जनालाई मात्र केरुङ जान दिइने अध्यागमनका चिनियाँ उच्च अधिकारीले जनाए । अध्यागमन स्थापनापछि नागरिकताको प्रतिलिपि , १० रुपैयाँको टिकट र ५० रुपैयाँ शुल्क लिएर केरुङसम्म एकदिने (वान डे) पास दिन थालिएको छ ।

‘हामीले दैनिक १५/२० जनासम्मलाई जान दिने आग्रह गरेका थियौं’, अध्यागमन प्रमुख सुरेन्द्र प्रधानले भने, ‘चिनियाँ अधिकारीले अहिलेलाई दिन नमिल्ने बताए ।’ चीनले मंसिर १५ गते चीनको खम्बाटार भनिने रेसुओ पोर्ट खुलाएपछि नाका चालू भएको हो ।

यसअघि रसुवाका बासिन्दालाई मात्र चीन प्रवेश गर्न जिल्ला प्रशासनले पास दिँदै आएको थियो । कोटा तोकेपछि कसलाई रोक्ने र पठाउने भन्ने समस्या भएको अध्यागमन प्रमुख प्रधानले बताए ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us