कालिकोटमा एक वर्षमा १ सय ४४ जोडीको सम्बन्ध विच्छेद

काठमाण्डु टुडे २०७१ पुष १ गते २:३८ मा प्रकाशित

कालिकोट, १ पुस– तोली–७ अछामकी नन्दकला विश्वकर्मा १८ वर्षकी भइन् । उनकी नौ महिनाकी एक छोरी छन् ।

तर, विवाह भएको तीन वर्ष भएको नबित्दै नन्दकला पतिसँग सम्बन्ध विच्छेद गरिन् ।

रानीवन–१ की मीना नेपाली, ढकारी–४ का दीपक बूढा र बाब्ला गाविसका नैना नेपालीको समस्या पनि नन्दकलाको भन्दा फरक छैन ।

उमेर नपुग्दै गरिने विवाहका कारण एक वर्षको अवधिमा जिल्लाभर करिब १ सय ४४ जोडीले सम्बन्ध विच्छेद गरेको जिल्ला बालअधिकार अधिकृत प्रेम बुढाले बताए ।

उनका अनुसार उमेर नपुग्दै गरिने विवाहका कारण बहुविवाह पनि बढ्दो छ ।  तर बालविवाहकै कारण देखिएका समस्याबारे उजुरी भने दर्ता भएको पाइँदैन ।

जिल्ला प्रशासन, जिल्ला प्रहरी र महिला तथा बालबालिका कार्यालयमा एक वर्षको अवधिमा उजुरीको संख्या शून्यजस्तै छ ।

प्राय: उमेर नपुग्दै विवाह हुने गरेको भए पनि त्यसबारे खासै उजुरी नपरेको प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले बताए ।

मायाप्रेममा फसेर हुने विवाहलाई ९५ प्रतिशत बालविवाहकै रुपमा आँकलन गर्न सकिने उनले बताए । राष्ट्रिय जनगणना २०६८ का अनुसार जिल्लामा ११ वर्षमुनिका ५ सय ७७ जनाले विवाह गरेका छन् ।

राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us