पैसा उठाएर खान थालेपछि सादा पोशाकका प्रहरीको जागिर चट

काठमाण्डु टुडे २०७१ पुष ३ गते २:३२ मा प्रकाशित

logo-nepal-policeकाठमाण्डु, ३ पुस- सूचना संकलनका नाममा खटाइने ‘घुमुवा प्रहरी’लाई प्रहरी मुख्यालयले हटाउने भएको छ ।

सूचना संकलन र अपराध अनुसन्धानका लागि छुट्टै समूह बनाएर खटाउने तयारी मूख्यालयको छ ।

प्रहरी मुख्यालयले अपराध अनुसन्धान समूह बनाई घुमुवा प्रहरीलाई विस्थापन गर्न लागेको हो ।

‘अब घुमुवा प्रहरी रहँदैनन्,’ नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआइजी सुरेन्द्रबहादुर शाहले भने,‘अपराध अनुसन्धान समूहका प्रहरीलाई यस्तो सूचना संकलन तथा अपराध अनुसन्धानमा खटाइनेछ ।’

प्रहरीका हाकिमहरुले आफ्ना विश्वासिला प्रहरीलाई सादा पोशाकमा खटाउँदै आएका थिए । सूचना संकलनभन्दा पनि हाकिमका लागि पैसा संकलनमा लाग्ने भएकाले घुमुवा प्रहरी पटकपटक विवादमा तानिँदै आएको छ ।

प्रायः एउटै प्रहरीले घुमुवाको रुपमा लामो समयदेखि काम गर्दै आएका छन् ।

यस्तो समस्यालाई समाधान गर्न प्रहरीले अपराध अनुसन्धानमा काम गर्नेहरुको छुट्टै समूह बनाएर व्यवस्थित गर्न लागेको  हो । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us