
काठमाण्डु, ५ पुस– मुस्लिम समुदायको पवित्रग्रन्थ कुरान पढेर अल्लाहको प्रार्थना गर्ने पाटन पुनरावेदन अदालतका न्यायधीश सलाहुद्दिन अख्तर सिद्दिकीले हिन्दुशास्त्र ‘मनुस्मृति’मा विद्यावारिधि पूरा गरेका छन् । ‘शोधकार्य पूरा गरी बुझाइसकेको छु’, ५९ वर्षीय सिद्दिकीले शुक्रबार भने, एक दुई दिनमै विद्यावारिधिको उपाधि लिने तयारीमा छु ।’
शोधकार्य शुरु गरेको तीन वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिने तरखरमा छन् सिद्दिकी । आफू हिन्दुशास्त्रमा पिएचडी गर्ने पहिलो मुस्लिम भएको उनले बताए ।
हिन्दु सामाजिक तथा कानुनी व्यवस्थाका पिता मानिने मनुले विश्वको प्राचीन सामाजिक तथा न्यायिक व्यवस्था विश्लेषण गर्ने मनुस्मृति रचना गरेका हुन् । यो हिन्दुको १८ स्मृतिमध्ये एक हो । यस ग्रन्थलाई मानव धर्मशास्त्र भनिन्छ ।
मनुस्मृतिमा उल्लेखित व्यवस्थाका आधारमा प्राचीन परिवार व्यवस्था भएको थियो । मनुस्मृतिले परिवार एवं सामाजिक व्यवस्थाका लागि दिशा प्रदान गरेको सिद्दिकीको निष्कर्ष छ ।
अन्नपूर्णपोस्ट दैनिकबाट