तस्करको केन्द्रबिन्दु बन्दै पर्सा

काठमाण्डु टुडे २०७१ पुष ५ गते १:२८ मा प्रकाशित

वीरगञ्ज, ५ पुस– पाँच वर्षअघिसम्म लागुऔषध गाँजाको लागि प्रसिद्ध रहेको पर्सा जिल्ला पुन: एकपटक चर्चामा आएको छ । चर्चामा आउनुको मुख्य कारण यहाँको ग्रामीण क्षेत्रमा गाँजा खेती देखापर्नु हो ।

सरकारले लागुऔषध गाँजा खेतीमा पूर्णरुपले प्रतिबन्ध लगाए पनि पर्सा जिल्लामा लामो समयदेखि गाँजा खेती हुँदै आएको थियो । पञ्चायतपछि मुलुकमा भएका राजनीतिक परिवर्तनले पनि पर्सा जिल्लामा हुने गरेको गाँजा खेतीलाई नियन्त्रण गर्न सकेनन् ।

राजनीतिक दलका नेता र अगुवाहरुको संरक्षण र यसबाट हुने लाभका कारण स्थानीय प्रहरी प्रशासनले पनि गाँजा खेती नियन्त्रण गर्न दृढ इच्छाशक्ति र चासो नदिएपछि अन्तर्राष्ट्रिय दबाबसमेत पर्ने गरेको छ ।

स्थानीय सामाजिक संघसंस्थाहरुको पहलमा जिल्ला प्रहरी कार्यलयका तत्कालीन प्रहरी प्रमुख उपरीक्षक राजेन्द्रमान श्रेष्ठको पहलमा आर्थिक वर्ष ०६६/६७ देखि पर्सा जिल्लामा गाँजा खेती पूर्णरुपले निर्मूल भएको थियो । तर, अहिले पर्सा जिल्लाका केही ग्रामीण क्षेत्रमा गाँजा खेती पुन: सुरु हुन थालेको छ ।

गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us