एकै महिनामा ५० भन्दा बढी बलात्कार

काठमाण्डु टुडे २०७१ पुष ५ गते १:४७ मा प्रकाशित

पोखरा, ५ पुस–महिला अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संस्थाले महिलामाथिको हिंसाको अन्त्यको माग गर्दै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पश्चिमाञ्चल क्षेत्रमा रहेका महिला अधिार रक्षक सञ्जाल र अधिकारको क्षेत्रमा मात्र क्रियाशील संघसंस्थाले विभिन्न १३ बुँदे मागसहित क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियामार्फत सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

जसमा महिनामा ५० जनाभन्दा बढी महिला तथा बालिका बलात्कारका घटना बाहिर आउँदासमेत सरकार मुकदर्शक बनेर बसेको भन्दै उनीहरुले रोष प्रकट गरेका छन् ।

साथै उनीहरुले महिलाहरुका सवालमा भएका कनुनलाई प्रभावकारी रुपमा कार्यान्वयनको माग गरेका छन् ।

महिला अधिकार सुनिश्चितसहितको संविधान निर्धारित मितिमै जारी हुनुपर्ने, सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका नागरिकको छानबिन आयोग गठन गरी द्वन्द्वको समयमा यौनहिंसामा परेका महिलाको न्यायको सुनिश्चितता र प८िकलाई कडा सजाय हुनुपर्ने, महिला हिंसाका घटनामा पीडितलाई न्याय र पीडकलाई कानुनी दायरामा ल्याउन फास्ट ट्रयाकको स्थापना हुनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us