परिवार नै चोरीमा, चोरीको सामान राख्न दुई तले घर भाडामा

काठमाण्डु टुडे २०७१ पुष ६ गते २:५७ मा प्रकाशित

काठमाण्डु, ६ पुस– नयाँ बानेश्वरको मिलनचोक नजिकै भद्रमार्गमा एउटा पुरानो दुई तल घर छ ।

तारा खड्काको यो घर तीन वर्षदेखि रौतहटका सुरेन्द्य्र ठाकुरले भाडामा लिएका छन् ।

उनको परिवार नै चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

‘परिवारका सबै सदस्य नै करिब तीन वर्षदेखि चोरी पेसा अपनाउँदै आएका रेहछन्’, महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रमेश तामाङ भन्छन्, ‘नुनदेखि सुनसम्म जे पनि चोर्ने गर्दा रहेछन् ।

डिएसपी तामाङका अनुसार उनीहरुका घरबाट चोरीका दुई गाडी सामान बरामद भएको छ । प्रहरीका अनुसार ठाकुर परिवारको वरपर सकैसँग पनि चिनजान छैन ।

उनीहरुको गतिविधि शंकास्पद देखिएपछि अनुसन्धकान गर्दा परिवार नै चोरीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us