नेपालको नयाँ संविधान पर्खदै भारत

काठमाण्डु टुडे २०७१ पुष ८ गते १:१८ मा प्रकाशित

नयाँदिल्ली, ८ पुस– भारतीय संसद्का सदस्य एवं कांग्रेस पार्टीका वरिष्ठ नेता करण सिंहले भारत नेपालको नयाँ संविधानको पर्खाइमा रहेको बताएका छन् । आफूलाई नेपालको ज्वाईं भनी परिचित गराउन चाहने सिंहले भने, ‘कहिले अग्रभाग तथा कहिले पृष्ठभागमा रहेर नेपालसँग ६० वर्र्षदेखि निकट छु । हामीले अहिले नेपालको नयाँ संविधानका लागि व्यग्रतापूर्वक पखिर्रहेका छौं ।

Karan_singh_PDP_670_1407514443

नयाँदिल्लीमा नीतिगत समूह तथा नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड स्टारटेजिक स्टडिजले नेपाल–भारत वार्ता विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । सिंहले २० औं शताब्दीको दक्षिण एसियाको मानव इतिहास मृत्युको शताब्दी भएको टिप्पणी गरेका थिए ।

‘सबै दक्षिण एसियाली मुलुकमा द्वन्द्व कायम रहे । यो साझा समस्या सार्कलाई सुदृढ गरी समाधान गर्नुपर्छ । सार्कलाई युरोपेली संघ मोडेलमा रुपान्तरण गरी द्विपक्षीय सम्बन्ध सुदृढ गर्नुपर्छु’, उनले भने ।

बौद्धवाद तथा हिन्दुवादका आधारमा नेपाललाई पर्यटकको आकर्र्षक केन्द्र बनाउन सकिने उनको भनाइ थियो । उनले नेपाल र भारतबीच जलविद्युत् विकासका लागि भएका सम्झौता १६ वर्र्षसम्म अगाडि बढ्न नसक्नु दुःखद् भएको पनि बताए ।

अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us