४० किलो अलैंचीको मूल्य एक लाख !

काठमाण्डु टुडे २०७१ पुष ८ गते २:०८ मा प्रकाशित

ताप्लेजुङ, ८ पुस–पहाडी जिल्लामा उत्पादन हुने अलैंचीको मूल्य प्रतिमन (४० किलो) १ लाख रुपैयाँ पुगेको छ । सदरमुकाम फुंलिङका व्यवसायीले सोमबार हालसम्मकै उच्च मूल्यमा कारोबार गरे ।

alaichi

हाङदेवा–६ का घनबहादुर कार्कीले अलैंची प्रतिमन लाख रुपैयाँमा लिएको बताए । उनले पाँच वर्षअधि त्यति अलैंची ८ हजारमा बेचेका थिए । आफ्नै पाखाबारीमा उत्पादित बालीले निकै राम्रो प्रतिफ दिएको उनलाई लागेको छ ।

लाख रुपैयाँ पुगेपछि दुई दिनमै सयौं मन अलैंचीको कारोबार भएको व्यवसायीले बताए । गाउँमै भण्डारण गरेका किसान आफ्नो उत्पादन धमाधम सदरमुकाम पुर्‍याउन थालेका छन् ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us