आफैं किन्नु पर्ने भो प्रहरीले ज्याकेट

काठमाण्डु टुडे २०७१ पुष १० गते १:१७ मा प्रकाशित

काठमाण्डु, १० पुस– मध्यजाडोमा ज्याकेट दिन नसकेपछि प्रहरी प्रधान कार्यालयले आफैं किनेर लगाउन नगद नै वितरण गरेको छ । सम्बन्धित प्रहरी कार्यालयबाट ज्याकेट किन्नेगरी मुख्यालयले पैसा विनियोजन गरेको हो ।

एक जिल्लामा बढीमा तीन लाख रुपैयाँसम्म बजेट विनियोजन भएको छ । एकपटक पनि ज्याकेट नपाएका प्रहरीलाई सम्बन्धित प्रहरी कार्यालयले नै तत्काल खरिद गर्नेगरी बजेट पठाउन लागिएको प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले जानकारी दिए ।

नेपाल प्रहरीमा यस वर्र्ष करिब १५ हजारले नयाँ ज्याकेट माग गरेका थिए । तर, ०६९ मा खरिद गरिएका केही ज्याकेट मात्र वितरण भएका थिए । जाडोमा प्रहरीले काम्दै ड्युटी गर्नुपर्ने र ज्याकेट भने चैतमा मात्र पाउने समाचार प्रकाशित भएको थियो ।

टेन्डर प्रक्रिरयाबाट खरिद गर्दा गर्मी महिनामा मात्र ज्याकेट आउने भएकाले तत्कालका लागि सम्बन्धित प्रहरी कार्यालयले नै खरिद गर्ने व्यवस्था मिलाइएको प्रधान कार्यालयले जनाएको छ । करिब तीन हजार प्रहरीलाई यसरी खुद्रामा ज्याकेट खरिद गर्न लागिएको हो ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us