
काडमाण्डु, ११ पुस–मध्यपूर्वमा कामदार भएर बसेका नेपालीहरुबाट त्यहाँका रैथाने रोगहरु भित्रिएका छन् । पछिल्लो समय त्यहाँबाट घर फर्कने केहीमा क्युटेनियस लेस्मे नियासिस ‘छालामा घाउका रुपमा देखिने कालाजार’ र सिस्टोसोमियासिस ‘कडा र दीर्घकालीन पराजीवीय संक्रमण’ पाइएको छ ।
उनीहरुले ती रोगको राजधानीका अस्पतालमा उपचार गराएका हुन् ।
‘चार जना नेपालीमा यो समस्या देखियो’, इपिडिमियोलोजी तथा रो नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने । गरिब तथा ग्रामीण क्षेत्रको रोग मानिने सिस्टोसिमियासिस रोग ‘सिस्टोसोम’नामक पराजीवीले गलर्दा सर्छ । रोग पानीमा रहने चिप्लेकीरा‘स्नेल’मा पाइन्छ । संक्रमित पानीबाट स्वस्थ व्यक्तिमा सर्छ ।
सिस्टोसिमियासिसबाट छाला चिलाउनुका साथै शरीरका अन्य भागमा संक्रमण समेत हुन्छ ।
शरीरमा यो पराजीवीको संख्यामा वृद्धि भएपछि पखाला, पेट दुखाइ, कलेजो, फियो सुनिनेजस्ता समस्या देखिन सक्छन् ।
कान्तिपुर दैनिकबाट