भारतमा कमाएर फर्कनेलाई नाकामा आफ्नैले लुट्छन्

काठमाण्डु टुडे २०७१ पुष १३ गते २:४६ मा प्रकाशित

बाँके, १३ पुस– दैलेखका बालाराम शर्माले सँगै भारतबाट कमाई गरेर फर्किएका रामबहादुर बुढाको पैसा लुटे ।

गुजरातबाट आउँदै गर्दा शर्माले बुढालाई नशालु पदार्थ मिसाएको पेय पदार्थ खुवाएर साथीकै पैसा लुटेका थिए । मर्ने–बाँच्ने दोसाँधमा पुगेका बुढाको भेरी अञ्चल अस्पतालमा उपचारपछि होस् आयो र घरतर्फ फर्ने ।
बेहोस भएको नाटक गरेका शर्मा पनि अस्पतालको बेडमा सुतेका थिए । पछि होटलमा बस्ने क्रममा भागेपछि प्रहरीले अनुसन्धानको दायरामा ल्याउँदा बल्ल पोल खुलेको थियो । साथीको ३२ हजार रुपैयाँमा गिद्दे नजर लगाएका शर्माले केही समय प्रहरीको हिरासतमा रात बिताउनु परेको छ ।

पहाडी जिल्लाबाट कामका लागि भारत जाँदै गरेका एक समूह चढेको गाडीमा घुसेर शनिबार मात्रै दाङका शंकर पुनले पकेट मार्ने प्रयास गरे ।

ब्लेडले गोजी काटेर पैसा झिक्ने क्रममा फक्राउ परेका पुनलाई बाँके प्रहरीले कारबाही प्रक्रिया थालेको छ ।

यद्यपि पुनले आरोप स्वीकार गरेका छैनन् ।
यी दुई फरक घटना हुन । भारतमा काम गर्न जाने र फर्कनेहरुलाई यात्रामा कति कठिनाइ छ भन्ने यी घटनाले देखाउँछ ।

प्राय काम गर्न जाने तथा काम गरेर पैसा कमाएर आउनेहरुलाई उनीहरुको अवस्था जान्ने बुझ्नेले विभिन्न बाहना बनाएर लुट्ने गरेका छन् । बाटोमा हिँड्दा लुटेरबाट जोगिन मुस्किल भएको भन्दै पीडितहरुले भारतबाट रकम पठाउँदा बैंकिङ सेवाको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us