
काठमाण्डु, १४ पुस– सुरक्षा निकायमा कार्यरत हुनुहुन्छ र फेसबुक/ट्वीटरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ भने सजक हुनुहोला । सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा तपाईंको करिअरमा ठूलो धक्का लाग्न सक्छ ।
फेसबुक प्रयोगमै सर्तकता नअनाउँदा सशस्त्र प्रहरी बलका एक डिएसपी निलम्बनमा परेका छन् । आइजिपीको कामको आलोचना गरेर फेसबुकमा कमेन्ट लेखेको आरोपमा सशस्त्रका डिएसपी नानीराम हुमागाईंलाई मुख्यालयले निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।
फेसबुकमा लेखेकै आधारमा निलम्बन गर्नु अन्याय भएको भन्दै हुमागाईंले रिट हालेपछि अदालतले निलम्बन नर्गन आदेश दिएको छ । सशस्त्र प्रहरी मुख्यालयले डिआइजीको नेतृत्वमा समिति बनाएर छानबिन थालेको छ ।
नयाँ पत्रिका दैनिकबाट