पोर्न फिल्म हेर्नेलाई मृत्युदण्ड !

काठमाण्डु टुडे २०७१ पुष १४ गते २:४८ मा प्रकाशित

एजेन्सी, १४ पुस– अमेरीकाको राजधानीमा हमला गर्नेलगायत आक्रमक अभिव्यक्ति दिएर चर्चामा आउने उत्तर कोरिया अजब खालको नीति–नियम लागू गर्ने मुलुकका रुपमा समेत प्रसिद्ध छ ।

porn

उत्तर कोरियामा प्रचलित अजिब खालका नियम–कानुनमध्ये पोर्न फिल्म हेर्नहरुप्रतिको नियम पनि अनौठो छ ।

उत्तर कोरियामा कसैले पनि पोर्न फिल्म हेर्न पाउँदैन । पोर्न फिल्म हेर्दै गरेको अवस्थामा कुनै पनि व्यक्ति पक्राउ परे उसलाई मृत्युदण्डको सजाय सुनाइन्छ ।

उत्तर कोरियासम्बन्धी यस्ता अनौठा तथ्य अरु पनि छन् । त्यहाँ कार राख्ने सुविधा सर्वसाधरणले पाउँदैनन् । सैनिक र सरकारी कर्मचारीबाहेक अरु कसैलाई कार उपयोग गर्न त्यहाँ प्रतिबन्धित छ । यो कानुन अत्यन्त कडाइका साथ लागू गरिँदै आएको छ ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us