राजतन्त्र फर्काउने दिल्लीको खेल, साँस्कृतिक राजामा ककसको नाम ?

काठमाण्डु टुडे २०७१ पुष १४ गते २:५२ मा प्रकाशित

ganendraकाठमाण्डु, १४ पुस– कमल थापाको रथयात्रा र नेत्रविक्रम चन्दको खुला मञ्चको आमसभाले दुई फरक सन्देश दिए पनि अन्ततः नेपालमा संविधानसभाबाट संविधान बन्न नदिन उग्रवामपन्थी र उग्रदक्षिणपन्थी शक्तिको मत र मन मिलेको प्रष्ट भइसकेको छ ।
नयाँ माओवादी पार्टीका संयोजक विप्लवले देशभरिबाट खुलामञ्चमा उतारेका मान्छेभन्दा कमल थापाको रथठयात्राका क्रममा राजमार्गका विभिन्न ठाउँमा जम्मा भएका मान्छेको भिड ठूलो हुनु संयोग होइन ।

स्रोतहरुका हनुसार माघ ८ गतेपछि नेपाली राजनीति नयाँ मोडमा जानेछ र कुनै न कुनै रुपमा सांस्कृतिक राजा स्थापना गर्ने खेल नयाँ दिल्ली र काठमाण्डुमा एकैपटक सुरु भइसकेको चर्चा पनि छ ।
काँग्रेस आई सत्ताच्यूत भएर भारतीय जनता पार्टी सत्तामा आए पनि भारतीय संस्थापन पक्षले नेपाललाई हेर्ने दृष्टिकोण खुफिया र कर्मचारीतन्त्रबाटै हो ।

भारतको संस्थापन पक्ष नेपालमा विद्यामान कुनै पनि दलका नेतालाई पुरापुर भरोसा गर्ने अवस्थामा छैन ।

भारतको चासोअनुसार काम गराउन गणतन्त्रका नेताहरुबाट सम्भव नभएपछि नयाँदिल्लीमा पुनः खिचडी पाक्न थालेको चर्चा उच्च राजनीतिक घरानाहरुमा चल्न थालेको छ ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहले दद्दीबाट हाँसीहाँसी बिदा लिनुको रहस्य पनि विस्तारै खुल्दै गएको छ ।
गणतन्त्र नेपालका नेताहरुले जनतालाई दश दश वर्षसम्म एक थान संविधान त दिन सकेनन् भने अब यिनले शान्ति र समृद्धि दिन सक्दैनन् भन्ने जनतालाई पनि लागिसेकको छ ।
जनताको निराशा, दलहरुको अदुरदर्शिता र नेताहरुको चरम स्वार्थकेन्द्रित गतिविधिका कारण रक्तपातविहीन ढंगले बहिर्गमन भएको राजतन्त्र सांस्कृतिक रुपमा फर्किने हल्ला चल् न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको हालैको भारत भ्रमणपछि घटनाक्रम नयाँ ढंगले विकास भएको उच्च श्रोतहरुको दाबी छ ।

पूर्वराजाको राजनीतिक भेटघाटबारे कुनै औपचारिक जानकारी नआए पनि भारतीय खुफिया ऐन्सीहरुले त्यसको रिपोर्ट बनाइसकेका छन् ।

श्रोतका अनुसार उनले प्रधानमन्त्री नरेन्द्र मोदी बिजेपी अध्यक्ष अमित शाह, काँग्रेस आईका नेता तथा आफ्ना नातेदार डा. करण सिंह तथा अर्का शक्तिशाली व्यक्तित्व भारतको हिन्दू स्वयम् सेवक संगठन आरएसएसका प्रमुख मोहन भावगत, लालकृष्ण आडवाणी, राजधान हिंस, सुष्मा स्वराज, दिनेश उपाध्याय, अजित सिंहलगायतका महत्वपूर्ण व्यक्तिहरुसँग गोप्य भेटघाट गरेका थिए ।
मोदीको नेपाल भ्रमणका क्रमका बेला धेरै प्रयासका बावदुज भेट्न नपाएका ज्ञानेन्द्रले दिल्लीमा पूरानै सूत्र लगाएर भेट गरेको श्रोतले जनाएको छ ।

काँग्रेस आईका        प्रभावशाली नेता करण सिंह तिनै हुन् जसले २०६२÷०६३ सालको जनआन्दोलनका बेला जनआन्दोलनकारी दल र ज्ञानेन्द्रबीच मध्यस्थता गरेका थिए ।
तर, उनको मध्यस्थता र सम्झौताअनुरुप दलहरुले व्यवहार नगरेको बेलाबेलामा प्रकट हुने गरेको छ ।

करण सिंहसँग तत्कालिन आन्दोलनकारी दलका नोता र  राजाबीचको सम्झौताको औपचारिक कागज रहेको र जुन बेला बेलामा सार्वजनिक गर्ने धम्की पनि आउने गरेको छ ।
करण सिंहले त्यो पत्र सार्वजनिक गरे पनि दलहरुले ज्ञानेन्द्रलाई धोका दिएको ठहर्ने विज्ञहरु बताउँछन् ।

त्यसबेला सेरेमोनियल राजतन्त्र राख्ने र सबै अधिकार जनतामा फर्काउने सम्झौता भए पनि प्रतिनिधिसभा पुनस्र्थापनालगत्तै दलहरुले सम्झौता लत्याएको आरोप राजा पक्षधरहरुले लगाउँदै आएका छन् ।
त्यसबेला गोप्य कागजमा जे भए पनि अहिले फरक ढंगले परिस्थिति निर्माण भइरेको श्रोतहरुको दाबी छ ।  नेपालमा अब सांस्कृतिक राजा राखेर जानेबारेमा काठमाण्डु र नयाँदिल्लीमा खिचडी पाक्न थालेको छ ।
काठमाण्डुमा पनि यो विषयले भित्रभित्रै धेरै चर्चा पाएको छ । सांस्कृतिक राजाको बहस चल्दा गँजडी पारस शाहलाई कुनै पनि स्थान नदिइने निश्चित छ ।

स्रोतहरुले राजाको बहस चल्दा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै सांस्कृतिक राजाका रुपमा स्थापित गरेर जाने कि वीरेन्द्रकी नातिनी (श्रुतीकी छोरी) लाई स्थापित गर्ने भन्नेमा समेत बहस भइरेका छन् ।
एकथरि कोणबाट ज्ञानेन्द्रका नाति हृदयन्द्रका बारेमा समेत छलफल भइरहेको छ ।
साँघु साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us