तेलचोरलाई डेढ महिनामै कस्ले दियो उन्मुक्ति ?

काठमाण्डु टुडे २०७१ पुष १५ गते २:३६ मा प्रकाशित

काठमाण्डु, १५ पुस– नेपाल आयल निगमले रुपन्देहीको भलावारी र पडसरीमा तेल चोरी आरोपमा तीन महिनाका लागि निलम्बनमा गरेका ८६ ट्यांकरचालकलाई उन्मुक्ति दिएको छ ।

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले ट्यांकरचालकको कारबाही एक महिना १० दिनमा फुकुवा गरेको हो । महाप्रबनधक डा. चन्द्रिका ढकालले ट्यांकरचालकलाई करिब डेढ महिनाको कारबाहीपछि फुकुवाको निर्णय भएको बताए ।

‘विनियमावलीमा ३ महिनासम्म कारबाही गर्ने उल्लेख छ’, उनले भने, ‘सोहीअनुसार डेढ महिना कारबाही गरेपछि सञ्चालक समितिले कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us