प्रहरी नै सुराकी बनेर साढे २३ करोड कमिसन !

काठमाण्डु टुडे २०७१ पुष १६ गते १:२६ मा प्रकाशित

काठमाण्डु, १६ पुस– नक्कली सुराकी खडा गरेर प्रहरीले तस्करीका क्रममा बरामद हुने सुनबाट लाखौं कमिसन खाने गरेको छ । पछिल्ला तीन वर्र्षमा झन्डै साढे २३ करोड रुपैयाँ कमिसनमा खर्च भएको छ । त्यसको ७० प्रतिशत रकम प्रहरीले नै खाएको छ ।

nepal police
नियमित चेकजाँचका क्रममा गत १९ कात्तिकमा प्रहरीले थानकोटमा बरामद गरेको सात किलो सुनमा पनि नक्कली सुराकी खडा गरिएका छन् । सुराकी प्रतिवेदनमा प्रहरीका आफन्तकै नाम उल्लेख गरिएको छ ।

त्यस्तै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बरामद गरेको ३५ किलो सुनमा पनि प्रहरीले आफन्तलाई नै नक्कली सुराकी बनाएको छ । प्रहरीले आफन्तलाई नै सुराकी देखाएर वास्तविक सुराकीको पैसा खान खोजेपछि संसद्को सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । ‘सुराकी कमिसनका नाममा योभन्दा डरलाग्दा भ्रष्टाचार भएका छन्,’ स्रोतले भन्यो ।

सुराकीले पाउने १५ प्रतिशत भत्ता खान प्रहरीले आफन्तहरुको नाम सुराकीको सूचीमा राखेर राजस्व अनुसन्धान विभागमा पठाउने गरेको छ । सात किलो सुनमा सुराकी देखाउँदा ४६ लाख रुपैयाँ भत्ता आउछ । थानकोटमा सइको कमान्डमा खटिएको प्रहरी टोलीले सुन बरामद गरेको थियो । तर, बरामद गर्नेमा सयभन्दा धेरै प्रहरीको नाम राखिएको छ । सामान्यतया सइको कमान्डमा आठ÷दश प्रहरी मात्रै खटाइन्छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, ०५२ अनुसार भन्सार छलीका सामान बरामद गर्दा सुराकीले १५ तथा बरामद गर्ने सरकारी अधिकारी (प्रहरी तथा भन्सारका कर्मचारी)ले २० प्रतिशत कमिसन पाउछन् । २० प्रतिशत कमिसन प्रहरी र राजस्वका कर्मचारीले बाँडीचुँडी लिन्छन् । त्यस्तै, काल्पनिक र नक्कली सुराकी बनाएर प्रहरी र राजस्व अनुसन्धानका कर्मचारीले ठूलो नीतिगत भ्रष्टाचार गर्दै आएका छन् । प्रहरीले सुराकीले पाउने रकमको २०–२५ प्रतिशत मात्रै दिने गरेको छ ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us