आफ्नै विवाहविरुद्ध धमाधम उजुरी !

काठमाण्डु टुडे २०७१ पुष १६ गते १:५३ मा प्रकाशित

बाँके, १६ पुस–दिल्लीमा इन्जिनियरिङ पढिरहेका एक युवा आफ्नो बालविवाह बदर गर्नका लागि महिला तथा बालबालिका कार्यलयमा सल्लाह लिन आए ।

१३ वर्षको उमेरमा विवाह भएका मधेसी समुदायका ती युवालाई महिला तथा बालबालिकको कार्यालयले विवाह भएको आधिकारिक प्रमाण र अभिभावकलाई लिएर आउन भनि पठायो ।

नेपालगन्जकै एक स्कुलमा कक्षा १० मा पढ्ने अर्का एक युवा पनि महिला तथा बालबालिका कार्यालयमा आफ्नो बालविवाह बदर गराउन आए । उनलाई पनि कार्यलयले परिवारसहित आउन भन्यो ।

बाँकेका ती दुई युवा अभिभभावकले जबरजस्ती सानोमा गरिदिएको आफ्नो बालविवाह बदर गराउने कोसिसमा छन् ।

इन्द्रपुर गाविसका लक्षीराम साहुको केही महिना अगाडि महिला तथा बालबालिका कार्यलयकै सिफारिसमा अदालतबाट बालविवाह बदर भएको थियो ।

१२ वर्षमा ९ वर्षकी बालिकासँग विवाह गराइएका लक्षीरामले श्रीमतीलाई आयआर्जनका लागि ७५ हजार रुपैयाँ सहयोग गरेर सम्बनधबिच्छेद गरेका थिए । कानुनले बन्देज लगाए पनि बालविवाह गर्ने मधेसी समुदायको परम्परालाई लक्षीराम लगायतका युवाले हटाउने कोसिस गरेका छन् ।

नेपाल समचारपत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us