पत्नीलाई प्रयोग गरेर रमेश खरेलले किन चलाए यस्तो घिनलाग्दो धन्दा ?

काठमाण्डु टुडे २०७१ पुष १६ गते २:१३ मा प्रकाशित

काठमाण्डु, १६ पुस– नेपाल प्रहरीमा एसएसपी रमेश खरेल सबैभन्दा लोकप्रिय र इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । तर, उनले पनि पत्नी रञ्जु खरेललाई सुराकी बनाएर कमिसन खाएका छन् ।

Ramesh-kharel_20140128044406_20140128050056

खरेल पर्सा प्रहरी प्रमुखको रुपमा काम गर्दा पत्नीलाई सुराकी देखाएर भन्सार कार्यालयबाट कमिसन लिएका थिए । भन्सार छलेर आएका विभिन्न सामान बरामद गर्दा उनले पत्नी रञ्जुको नाम सुराकी प्रतिवेदनमा राखेर कमिसन बुझेका कागजपत्रहरु फेला परेका छन् ।

भन्सार छलीका सामानहरु बरामद गर्दा आफन्तलाई सुराकी बनाएर कमिसन खाने चलन प्रहरीमा पुरानै हो । त्यस्ता सामानहरु बरामद गर्दा प्रहरीले छुट्टै भत्ता पाउने भएकाले सुराकी नै नहुँदा पनि काल्पनिक सुराकी खडा गरेर पैसा लिने गरिन्छ ।

खरेलले आफूले भ्रष्टचार गरेको नभई नियमअनुसार खाएको बताएका छन् ।

नयाँ पत्रिका दैनिकबाट

र यो पनि पढ्औ

रमेश खरेलको फाइलले गृहमा खैलाबैला, खरेललाई अमेरिकाबाट किन आयो निम्ता ? 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us