
युएई, २७ पुस – युएईबाट नेपाल पैसा पठाउँदा ९ जना नेपालीले ९० ग्राम सुन उपहार पाएका छन् । युएईको अल अहलिया एक्सचेन्जले सञ्चालन गरेको ‘विन्टर सिजन’ अन्तर्गतको योजनामा ९ नेपालीले सुन उपहार पाएका हुन् ।
बिजेन्द्रप्रसाद मण्डल, टिकाराम श्रेष्ठ, दीक्षित पोखरेल, विजयकुमार झा, खिमबहादुर गैरे, भिमबहादुर महत, तासी शेर्पा, रवि सहानी र सुजन तामाङले प्रतिव्यक्ति १० ग्राम तौलको सुनको सिक्का उपहार पाएका छन् ।
विन्टर योजना अन्तर्गत एक्सचेन्जमार्फत रेमिट्यान्स पठाउनेमध्ये हरेक साता गरिएको लक्की ड्रमार्फत उहाँहरुले सुन उपहार पाउनु भएको हो । गएको नोभेम्बर ७ देखि जनवरी ६ सम्म विन्टर योजना सञ्चालन गरिएको थियो ।
यस योजना अन्तर्गत हरेक हप्ता १ जनालाई १० ग्राम र मेघा पुरस्कारमा एकजनालाई १ किलो सुन उपहार राखिएको थियो । १ किलो सुन भने भारत कोलकाताका सन्जित मण्डलले पाएका छन् ।