
काठमाण्डु, २९ पुस – कुवेतमा अवैध ढङ्गले मदिरा भट्टी सञ्चालन गरेको आरोपमा चार जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । जसमा २ जना पुरुष र २ जना महिला रहेका छन् ।
कुवेती प्रहरीले कुवेतको जावेद अल मोहम्मद क्षेत्रमा नेपालीको अवैध भट्टी फेला पारेको हो । यो क्षेत्रमा नेपालीको बाक्लो बस्ती छ । पक्राउ पर्ने दुई नेपाली महिला घरेलु कामदारको रूपमा कुवेत पुगेका थिए । घरबाट भागेर बाहिर निस्केका उनीहरूलाई मदिरा उत्पादन कार्यमा लगाइएको हो ।
कुवेतमा मदिरा उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध छ । कुवेतमा नेपाली जाँड रक्सीको ठुलो माग भएकोले अवैध ढङ्गले उत्पादन तथा विक्री वितरण हुँदै आएको छ । प्रहरीले ठुलो परिमाणमा मदिरा समेत जफत गरेको छ ।