करुणा र अमृतको ‘पिरतीको गाउँ…'(भिडियासहित)

काठमाण्डु टुडे २०७५ पुष ३० गते १६:४१ मा प्रकाशित

काठमाण्डु, ३० पुस – चलचित्र ‘सय कडा दश’को ‘पिरतीको गाउँ…’ बोलको गीत सार्वजनिक भएको छ । स्वप्न सुमन र त्रिसला गुरुङको स्वर रहेको गीतमा कल्याण सिँहले संगीत भरेका छन् । शब्द रवी मल्लको रहेको छ ।

माघ १८ गते रिलिज हुने चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुङ्गाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई लगायत कलाकार मुख्य भूमिकामा छन् ।

‘सय कडा दश’ लाई रामशरण पाठकले निर्देशन गरेका हुन् । कथा पनि निर्देशक स्वयम्ले लेखेका हुन् । ‘सय कडा दश’ भ्रष्टार विरुद्धको कथा समेटिएको चलचित्र हो । हाँस्य कलाकार मनोज गजुरेलका डेब्यू चलचित्र हो यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us