नेपाल आईडल विजेता रबी ओडसहितको टिम मेल्बर्न जाने

काठमाण्डु टुडे २०७५ माघ १७ गते ११:२२ मा प्रकाशित

काठमाण्डु, १७ माघ – यहि फेब्रुअरी ३ तारीखमा आयोजना हुने ‘नेपाल आईडल मेल्बर्न कन्सर्ट’को तयारी सकिएको आयोजक संस्थाका प्रमुख बिभुषण जोशीले बताएका छन् । कन्सर्टका लागि कलाकारको समुह फेब्रुअरी २ अर्थात् शनिबार मेल्बर्न पुग्नेछन् ।

नेपाल आईडलका बिजेतासंगै उत्कृष्ट ६ का प्रतियोगीहरुले अष्ट्रेलियाको पर्थ र ब्रिस्बेनमा कन्सर्ट गरिसकेका छन् । दुबै कन्सर्टलाई संतोषजनक रुपमा हेर्न सकिन्छ । यद्दपी मेल्बर्न कन्सर्टलाई भने अझ सशक्त र धेरै दर्शकहरुको सहभागीता गराउन आयोजक प्रयासरत छ ।

आयोजक जोशीका अनुसार तीन सय टिकट बिक्रि भैईसकेको र दुई सय टिकट बुकिङ रहेकाले अहिले सम्मको ग्रस टिकट पाँच सय गएको बताए । तर,आयोजकको टार्गेट भने छ सय प्लस रहेको पनि उनले बताए ।

स्मार्ट एक्सेस ईन्टरटेण्मेण्टले आयोजना गरेको नेपाल आईडलको मेल्बर्न कन्सर्टमा नेपाल आईडल– २ का बिजेता रबि ओड सहित बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारीसहित पबन गिरीले लाईभ कन्सर्ट दिने भएका छन् ।

आयोजकका अनुसार यस पटकको नेपाल आईडलको कन्सर्ट भब्य हुने र मेल्बर्नबासी नेपालीहरुको उल्लेख्य सहभागीता रहने दाबी गरेका छन् । गत महिनानै कन्सर्टको अर्ली बर्ड टिकटसमेत सोल्ड आउट भएको थियो । अहिले प्रि–शेलको टिकट बिक्री भईरहेको छ । २५ डलरको प्रिसेलको टिकट कन्सर्टकै दिन डोरमा किन्दा ३५ डलर पर्नेछ ।

यस पटकको नेपाल आईडलको कन्सर्टलाई रिमा विश्वकर्माले संचालन गर्दै आएकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us