
काठमाण्डु, २८ माघ – अमेरिकाको कोलोराडो राज्यको अरोरा सहरमा सवारी दुर्घटनामा परि भुटानी मुलका दुई नेपाली भाषीको मृत्यु भएको छ ।
दुर्घटना स्थानीय समयअनुसार शनिवार बिहान ६ः४० मा साउथ च्याम्बर रोड र इस्ट ह्याम्डन एभेन्यूमा भएको थियो । मृत्यु हुनेमा सवारी चालक २६ वर्षीय यादव मगर र १७ वर्षीय आशिष तामाङ रहेका छन् । यस्तै, गम्भीर घाइते विमल सुब्बाको युनिभर्सिटी अस्पतालको आसियुमा उपचार भइरहेको छ ।
यसअघि क्यालिफोर्नियामा बस्ने २५ वर्षीय नेपाली विद्यार्थी कुशल शर्माको मृत्यु भएको थियो । प्रहरीका अनुसार तीव्र गतिमा रहेकाले कार सडक किनाराको रुखमा ठोक्किएको हो । कारको ठक्करबाट रुखको आधा भाग क्षतिग्रस्त भएको छ । मगर र तामाङको पार्थिव शरीर अराफो काउन्टिको मुर्दाघरमा राखिएको छ ।