समुन्द्रमा डुबेर अस्ट्रेलियामा नेपाली विद्यार्थीको ज्यान गयो

काठमाण्डु टुडे २०७५ फागुन १४ गते १५:२८ मा प्रकाशित

सिड्नी, १४ फागुन – अस्ट्रेलियामा फेरि एक जना नेपाली युवकको ज्यान गएको छ । सिड्नीबाट करिब सय किलोमिटरको दूरीमा रहेको समुन्द्री तटमा पौडी खेल्न गएका एक नेपाली विद्यार्थी समुन्द्रमा बेपत्ता भएको जनाएको छ ।

साथीसँग घुम्न गएका २२ वर्षिय किङ्स वन इन्सीच्यूटमा पढिरहेका एक नेपाली युवा पौडी खेल्ने क्रममा समुन्द्रमा बेपत्ता भएपछि उनको उद्धार जारी रहेको स्थानीय प्रहरीले जनाएको छ ।

अस्ट्रेलियाको समुन्द्री तटमा पौडी नजानेका कारण दुर्घटनामा परि पछिल्लो वर्ष मात्र करिब आधा दर्जन नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

यसरी एकपछि अर्को दुर्घटना हुँदै गर्दा पनि घटनाक्रम नरोकिनुले पानी सुरक्षा सम्बन्धी ज्ञानको अभाव स्पष्ट रुपमा देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us