
काठमाण्डु, २६ फागुन – रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइअनी परिवारको सुरक्षा सँगसँगै’भन्ने प्रतिबद्धताका साथआफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवन बिमा योजना ल्याएको छ ।
योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य ब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउनु हुने ब्यक्तिले भुक्तानी पाएको दिन देखी रु पाँच लाखको १ बर्षे दुर्घटना जीवन बिमा हुनेछ ।
क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ ।
यो दुर्घटना जीवन बिमा योजना ४० वा सोभन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागु हुनेछ । सोहीआधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनेहरु मध्यबाट २,१३७ जनाको प्रतिब्यक्ति पाँच लाखको १ बर्षे दुर्घटना जीवन बिमा गरिएको जनाइएको छ ।सम्पूर्ण बिमितहरुको नामावली कम्पनीको अधिकारिक फेसबूक पेजमा प्रकाशित गरीएको छ ।