
अष्ट्रेलिया, ११ चैत – रिया सिंह (नाम परिवर्तन) सिड्नी स्टेसनबाट विश्वविद्यालय गइरहेकी थिइन् । जसरी उनी पहिलेजस्तै भरिभराउ बसमा चढिन् । एक पुरुष कर्मचारीले उनलाई धक्का दिन र जिस्क्याउन सुरु गरे ।
‘२० मिनेटको यात्राका दौरान यो सब भइरहेको थियो । मलाई धेरै नराम्रो लाग्यो र म डराइरहेकी थिएँ । मलाई के गर्ने भन्ने केही थाहा थिएन । कोसँग जाउँ । मैले यतिका समयसम्म कसैलाई पनि बताइन किनकी म मेरा अविभावकलाई थाहा नहोस् भन्ने चाहान्थें । उहाँहरुलाई यो कुरा विश्वास गर्न सजिलो थिएन । यो सार्वजनिक गर्ने विषय पनि थिएन । मैले आफ्ना नजिकका सबै साथीहरुलाई बताएँ । उनीहरुले पनि पत्याएनन् । ’, उनले भनिन् ।
२०१७ मा अष्ट्रेलियन युनिर्भसिटीमा यौन हिंसा र यौन उत्पीडनलाई लिएर अष्ट्रेलियाको मानव अधिकार आयोगले एक रािष्ट्रय रिर्पोट सार्वजनिक गरेको छ । यस रिपोर्टको नाम चेञ्ज द कोर्ष थियो । यो घटना रिपोर्ट आउनुभन्दा केही दिन अगाडिको मात्र थियो ।
बच्चाअवस्थामा पनि आफ्नो परिवारसँग अष्ट्रेलिया आउने गर्दथें । म धेरै समय यही बारेमा केही गर्नका लागि सोच्दथें कि यौन उत्पीडन यस्तो विषय होइन । दक्षिण एशियाली देशमा आउने अधिकतम छात्र सोच्दछन् तर यौन हिंसा यस्तो विषय होइन कि यसले परिवार र समाजको आत्मसम्मानमाथि नै ठेस पुर्याउँछ । रिपोर्ट प्रकाशित भएपछि यस्तो घटना रोक्न लागिपर्नुपर्छ भन्ने लाग्न थाल्यो । एएचआरसीको रिपोर्टअनुसार २०१५ र २०१६ मा आधिकांश छात्रा सार्वजनिक यातायातमा यौन हिंसाको सिकारमा परे । विश्वविद्यालयमा यौन हिंसाको सामना गर्नेमध्ये ५१ प्रतिशत छात्रा भन्छन्–यो हमला गर्ने मानिस हामी चिन्दछौं ।
मलेसियाबाट आएकी छात्रा एमिली ली(परिवर्तीत नाम) भन्छिन्, ‘दबाबमा मैले आफ्नो केटा साथीको घरमा जाने निम्तो स्वीकार गरें । हामीले केही रक्सी पिएका थियौं त्यसपछि उसले सेक्स गर्ने प्रयास गर्यो । मलाई खासै सम्झना छैन यो अवस्था कसरी पार गरें । मेरा लागि यो एक सांस्कृतिक झट्का थियो । मेरो देशमा महिलालाई यौन शिक्षाको विषयमा जानकारी दिइँदैन । र मैले आफ्नो जीवनमा पहिलोपटक रक्सी पिएकी थिएँ । मैले यो घटनालाई लिएर धेरै दुःखी हुनुपर्यो । यो विषय धेरै वर्षसम्म कसैलाई पनि सुनाइन । किनकी यस विषयले मलाई कसैले पनि दोषी नठानोस् ।’
हालै एमिलीले आफ्ना एक साथीलाई बताइन कि उक्त रात जे भएको थियो त्यो बलात्कार थियो किनकी उसको सहमति थिएन ।
अन्तराष्ट्रिय छात्रा परिषद्की राष्ट्रिय महिला अधिकारी बेले लिम भन्छिन्, ‘सेक्सको विषयमा उदारवादी अष्ट्रेलिया जस्तो देशमा आउने छात्रालाई यौन हिंसाका विषयमा शिक्षित र सशक्त गर्नु हाम्रो जिम्मेवारी हो । एशियाली देशबाट आएका छात्रा सेक्सको विषयमा जानकार हुँदैनन् । र यही कारण उनीहरु यौन हिंसाको शिकारमा पर्दछन् ।’
अष्ट्रेलिया आउने कैयौं छात्रा यस्ता हुन्छन् कि जो उनीहरु आफ्नो घरको सुरक्षाबाट पहिलोपटक बाहिर निस्किएका हुन्छन् । एक नयाँ संस्कृतिसँग उनीहरु अनभित्र हुन्छन् । यसबाट उनीहरुलाई झन् बढी खतरा हुन्छ । यसबाट नेपाली छात्राहरु पनि प्रभावित हुने गरेको बताइएको छ ।
३९ युनिर्भसिटीमा ३० हजारभन्दा धेरै छात्रामाथि भएको एचआरसीको एक सर्वेक्षणपछि १ एक जना विदेशी छात्राले सन् २०१५–२०१६ मा आफूमाथि यौन हिंसा भएको बताएकी छन् । सर्वेअनुसार १.४ प्रतिशत छात्राले विश्वविद्यालयमा पनि आफूहरुमाथि यौन हिंसा हुने गरेको बताए । यो शोषण पुरुषले महिलामाथि सबैभन्दा बढी गरेको पाइयो । दक्षिण एशियाली समुदायमा यस्तो मुद्दामाथि पर्याप्त बहस हुन सकेको छैन् । र धेरै ठूलो ‘इस्यु’ बनाइदैन् ।
शिक्षा र प्रीशक्षण विभागकानुसार शिक्षा अष्ट्रेलियाको तेस्रो ठूलो क्षेत्र हो । जसमा वर्षेनी ३२.४ अर्ब अष्ट्रेलियन डलर रकम आम्दानी गर्छ । सन् २०१६ मा ७९९३७१ छात्राले नाम लेखाएका थिए । जसबाट ६२४००१ विदेशी छात्रा यस्ता थिए जसले परै ‘फिस’ दिएका थिए ।
चीनबाट २३११९१ र भारतबाट ८७६२५ विद्यार्थी पढ्नका लागि अष्ट्रेलिया आएका थिए ।
विपक्षी पार्टीकी उपनेता तान्या प्लाइबर्सेक भीन्छन्, ‘विश्वविद्यालय, क्याम्पसलगायत हरेक क्षेत्रमा हुनेलाई सुरक्षित हुने अधिकार छ । र यसमा विदेशी विद्यार्थी पनि सामेल छन् । यसका लागि लेबर पार्टी सत्तामा आए स्वतन्त्रता रुपमा स्थापित गरिन्छ । विश्वविद्यालय र होस्टलमा हुने यौन हिंसा रोकिनेछ ।’