
काठमाण्डु, २ वैशाख – केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ परेका छन् । नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छामा मारी नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरीले डान्सबारका मालिक आसिफ जेथा समेतलाई पक्राउ गरेको छ । स्थानीय प्रहरी अधिकारीले मानव तस्करीको आशंकामा जेथामाथि अनुसन्धान भइरहेको जनाएका छन् ।
उनीहरुलाई कसरी केन्या पुर्याइयो भन्ने प्रष्ट भएको छैन । अफ्रिकी मुलुक केन्याले यौन व्यवसायका लागि मानव तस्करीमा कडाई गर्दै आएको छ ।