
काठमाण्डु, १२ वैशाख – सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।
कोइरालालाई २ वर्षअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वले राजदूत बनाएको थियो ।