
काठमाण्डु, २६ वैशाख – सरकारले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्यकाल थप गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । अमेरिकामा अर्को व्यक्ति राजदूत नियुक्त नहुँदासम्मका लागि कार्कीको कार्यकाल थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
कार्की पाँच वर्षअघि तत्कालीन नेकपा एमालेको कोटाबाट अमेरिकाका राजदूत नियुक्त भएका थिए ।
गत फागुनमा अमेरिकाका लागि राजदूत कार्की र चीनका लागि राजदूत लीलामणि पौडेललाई मन्त्रीसरहको सुविधा दिने निर्णय गरेको थियो ।