
काठमाण्डु ८ वैशाख – नायिका स्वेता खड्काको अगुवाइमा निर्माण भएको सिन्धुपाल्चोकको माझी बस्तीका लागि अष्ट्रेलिया र अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
दुई देशबाट संकलन भएको रकम लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले एक कार्यक्रमबीच स्वेतालाई एक लाख ३२ हजार ५०० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
संयोजक श्रेष्ठले उक्त रकम यसअघि छोरीको जन्म दिनमा बस्तीका लागि सहयोग गरेका भास्कर रेग्मीको पहलमा रकम संकलन गरिएको जानकारी दिए ।
योगदान दिनेमा अस्ट्रेलियाबाट होम गुरुङ, अनु भास्कर रेग्मी, कर्म डेमा, रुमीज मात्य, बिरेन्द्र गुरुङ, छेरिङ्ग डुक्पा, अनिल पौडेल, बिशाल अलिशा थापा, जिना नापित, सम्झना पन्डित, भवेश रेग्मी, रन्जु थापा खड्का, प्रगती लामिछाने, बिशाल कंडेल, दीपक हमाल, रुकेश राज श्रेष्ठ, जीवन कुमार घिमिरे, नव राज पौडेल, सुन्दर श्रेष्ठ, रोमन, उमेश भुर्त्याल, डिलियन न्यौपाने, विकास लामिछने, भिस्म पाठक, गोबिन्द अधिकारि, रश्मी श्रेष्ठ, अमर शाह, अनुपम स्मृति कोइराला, सरोज पोखरेल, भुपेन्द्र राजबंशी, नवराज बानिया, पर्सुराम मेहता र अमेरिकाबाट केशब भन्डारी, कमल पोख्रेल र ओम दाहाल रहेका छन् ।
कार्यक्रममा नेपाल आइडल सिजन १ की टप सातमा पर्न सफल प्रमिला राई, पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चालिसेका छोरा सूर्य प्रसाद चालिसे, पर्यटन ब्यवसायी बिजय कुमार ढकाल, ब्यवसायी एबं पत्रकार निलेश अधिकारी, अस्ट्रेलियन इन्जिनियर निकोलास, एनपी अनलाइन टिभिका सुरेन्द्र गुरुङ, इन्दु सिंह, किरण मास्के, चन्द्रु श्रेष्ठ आदिको उपस्थिति थियो ।