
दुबई, २४ जेठ – दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । बिहीबार साँझ इदको बिदा मनाएर दुबईबाट ओमान फर्किदै गरेका ३१ जना पर्यटक सवार बस दुबईको शेख जायद रोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनामा विभिन्न देशका नागरिकको मृत्यु भएको जनाइएको छ । तर कुन–कुन देशका नागरिक थिए भन्ने खुलाइएको छैन् । मृतक र घाइतेलाई दुबईको राशिद अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।